राजनीति

१७ वटा क्याम्पसमा अनेरास्ववियु विजयी, पाँच क्याम्पसमा महिलाको वर्चश्व



काठमाडौं, १८ फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियु अहिलेसम्म १७ वटा क्याम्पसमा विजयी भएको छ ।

विजयी भएका १७ क्याम्पस मध्ये पाँच वटामा महिला विजयी भएको अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माले जानकारी दिए ।
अहिलेसम्म उपत्यका बाहिरका १५ र उपत्यकाको एक क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ ।

अनेरास्ववियुले दिएको जानकारी अनुसार पाटन बहुमुखी क्याम्पस बैतडीमा महेशप्रसाद भट्टको टीम विजयी भएको छ । त्यसैगरी सल्यान बहुमुखी क्याम्पस सल्यानमा रामबहादुर खत्रीको टीम विजयी भएको छ ।

त्यसैगरी माण्डव्य बहुमुखी क्याम्पस पाल्पामा नविन वस्यालको टीम विजयी भएको छ । शक्ति क्याम्पस बझाङमा पनि अनेरास्ववियु विजयी भएको छ । त्यहाँ ईश्वर सिंहको टिम विजयी भएको अनेरास्ववियुले जानकारी दिएको छ ।

बझाङ क्याम्पसमा पूजा कार्कीको टिम विजयी भएको छ । आदर्श बुहुमुखी क्याम्पस धादिङमा रुपक गिरीको टिम विजयी भएको छ । हनुमन्तेश्वर क्याम्पस काभ्रेमा सन्तोष दाहालको टिम विजयी भएको छ ।

खोटाङ क्याम्पस खोटाङमा सन्तोषी फूयालको टिम विजयी भएको छ । कानपुर क्याम्पस काभ्रेमा सुनिता तामाङ र उध्द–बुध्द बहुमुखी क्याम्पस,पाल्पामा नविन आचार्यको टिम विजयी भएको छ ।

अमरदीप क्याम्पस,सुर्खेत हरि देवकोटा र सिद्धदेवी क्याम्पस,पाचथरमा रबिन सम्वाहान्फे लिम्बूको टिम विजयी भएको छ । काठमाडौ कुलेश्वर क्याम्पस, काठमाडौँमा सुशील गिरीको टिम विजयी भएको छ । कृष्ण स्नातक लाली क्याम्पस,दार्चुलामा कमला पन्त र खप्तड आदर्श क्याम्पस ,डोटीमा रमेश पचेराको टिम विजयी भएको छ ।