Banner News

तालाबन्दी र आगजनीबीच आठ वर्षपछि स्ववियु निर्वाचनः प्रमुख क्याम्पसमा भने स्थगित



काठमाडौं, १८ फागुन । स्ववियु निर्वाचन नजिकिदै जाँदा क्याम्पसहरुमा तालाबन्दी र आगजनी भएपछि स्ववियु निर्वाचन स्थगित हुने आंशकालाई चिर्दै देशभरका करिब दुई सय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ ।

त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयका क्याम्पसहरुमा निर्वाचन हुन लागेको हो । त्रिवि र संस्कृत विश्वविद्यालयका ६० वटा आंगिक क्याम्पसमध्ये २४ वटासहित करिब २ सय क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । स्ववियु निर्वाचन आठ वर्षपछि हुन लागेको हो ।

उपत्यकाका थापाथली इन्जिनियरिङ, भक्तपुर बहुमुखी क्याम्पस, सानोठिमी, पुल्चोक इन्जिनियरिङ, महाराजगञ्ज मेडिकल, नर्सिङ क्याम्पस महाराजगञ्जलगायतमा स्ववियु निर्वाचन हुँदैछ । तर, उपत्यकाका ठूला क्याम्पसहरु रत्नराज्य, ल, विश्वभाषा, अस्कललगायतमा भने चुनाव हुन सकेन ।

उता,प्रमुख क्याम्पसहरुमा तालाबन्दी भएका कारण चुनाव खल्लो भएको हो । राजधानीमा प्रमुख क्याम्पसहरु कीर्तिपुर, शंकरदेव, आरआर, त्रिचन्द्र, पीके, मीनभवन, नेपाल ल क्याम्पस लगायत चर्चित कलेजहरुमा कतै पनि चुनाव छैन ।