काठमाण्डौ,१८ फागुन। नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरी नियुक्ति हुने भएका छन् । भारत सरकारले पुरीलाई नेपालका लागि राजदूतमा सिफारिस गर्न नेपाल परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको हो ।
नेपाल आउन लागेका सिंह यसअघि युरोपियन युनियन, बेल्जियम र लक्जम्बर्गका लागि भारतीय राजदूत थिए । यही फेबु्रअरीमा उनको तीन वर्षे कार्यकाल पूरा भएको थियो ।
यसैवीच राजदूत रणजीत रायको कार्यकाल समाप्त भएको छ । नयाँ राजदूत काठमाडौं आउन केही समय लाग्ने परराष्ट्र स्रोतले जानकारी गरायो ।
प्रतिक्रिया दिनुहोस्