काठमाण्डौ,१८ फागुन । तालाबन्दी र आगजनीबीच भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको अहिलेसम्मको निर्वाचनको परिणाम अनुसार मुलुकभरीबाट अनेरास्ववियुले अग्रता लिएको छ । संगठनका नेताहरुले दिएको जानकारी अनुसार अहिलेसम्म अनेरास्ववियुले २५भन्दा बढी क्याम्पसमा आफू विजयी भएको दाबी गरेको छ भने अनेरास्ववियु क्रान्तिकारीले २१ वढी क्याम्पसमा विजयी भएको दाबी गरेको छ । नेवि संघले भने अहिलेसम्म करिब १५ वटा क्याम्पसमा विजय भएको दाबी गरेको छ । अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माले अहिलेसम्म २५ वढी क्याम्पसमा अनेरास्ववियु विजयी भएको दाबी गरे ।
त्यसैगरी माण्डव्य बहुमुखी क्याम्पस पाल्पामा नविन वस्यालको टीम विजयी भएको छ । शक्ति क्याम्पस बझाङमा पनि अनेरास्ववियु विजयी भएको छ । त्यहाँ ईश्वर सिंहको टिम विजयी भएको अनेरास्ववियुले जानकारी दिएको छ ।
बझाङ क्याम्पसमा पूजा कार्कीको टिम विजयी भएको छ । आदर्श बुहुमुखी क्याम्पस धादिङमा रुपक गिरीको टिम विजयी भएको छ । हनुमन्तेश्वर क्याम्पस काभ्रेमा सन्तोष दाहालको टिम विजयी भएको छ । खोटाङ क्याम्पस खोटाङमा सन्तोषी फूयालको टिम विजयी भएको छ । कानपुर क्याम्पस काभ्रेमा सुनिता तामाङ र उध्द–बुध्द बहुमुखी क्याम्पस,पाल्पामा नविन आचार्यको टिम विजयी भएको छ ।
अमरदीप क्याम्पस,सुर्खेत हरि देवकोटा र सिद्धदेवी क्याम्पस,पाचथरमा रबिन सम्वाहान्फे लिम्बूको टिम विजयी भएको छ । काठमाडौ कुलेश्वर क्याम्पस, काठमाडौँमा सुशील गिरीको टिम विजयी भएको छ । कृष्ण स्नातक लाली क्याम्पस,दार्चुलामा कमला पन्त र खप्तड आदर्श क्याम्पस ,डोटीमा रमेश पचेराको टिम विजयी भएको छ ।
अनेरास्ववियुले नै दिएको जानकारी अनुसार बुडिनन्दा क्याम्पस कोल्टी,बाजुरा
केशर बहादुर भाट, अन्नपूर्ण क्याम्पस कार्किनेटा,पर्वत, हिमाल श्रेष्ठ, जनहित बहुमुखी क्याम्पस जोमसोम,मुस्ताङमा रबिन बानियाँ गुरुङ विजयी भएका छन् ।
त्यसैगरी जनक क्याम्पस,काभ्रेमा सरला दाहाल, सर्वदय क्याम्पस ,बागलुङ, शेखर थापा, नमुना बागेश्वरी क्याम्पस,धादिङ, सन्दिप घिमिरे, भिम ज्योति क्याम्पस ,सिन्धुलीमा चुणामणी श्रेष्ठ, जिरी क्याम्पस जिरी,दोलखामा समीर खड्का विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्