Banner News

राप्रपाको एमाले पथ मेचीकाली राष्ट्रिय एकता यात्राः चनाव चिन्ह्र गाई नै



काठमाण्डौ,२० फागुन । स्थानीय निर्वाचनलाई सिगो ध्याँन केन्द्रित गर्ने र पार्टी एकताको सन्देश देशव्यापी रुपमा पु¥याउने योजनाका साथ राप्रपाले पनि एमालेले जस्तै मेची–महाकाली अभियानको घोषणा गरेको छ ।जारी केन्द्रीय कमिटीको बैठकले आगामी चैत ८ देखि १२ गतेसम्म मेचीकाली राष्ट्रिय एकता यात्रा गर्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले वताए ।

अभियान चैत ७ गते एकै दिन झापा, महेन्द्रनगर, काठमाडौं र गोरखा गरी चार टाउँबाट एकता यात्रा सुरु हुने ती केन्द्रीय सदस्यले बताए । उक्त अभियान चैत १२ गते चितवनमा आइपुगेर टुंगिने छ ।
केन्द्रीय समितिको बैठकले स्थानीय चुनावको तयारीमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ । त्यसरी नै बेठकले पार्टीको चुनाव चिन्ह्र गाई नै राख्ने निर्णय गरेको छ ।