झापा,२० फागुन। नेकपा एमालेको भोलीबाट शूरु हने मेचीकाली अभियानको तयारी पूरा भएको छ । एमालेका नेताहरु अभियानमा सहभागी हुनका लागि आउने क्रम जारी छ ।
अभियान अन्तर्गत भोलि काँकडभिट्टामा हुने उद्घाटन कार्यक्रमका लागि पार्टीका शीर्ष नेता झापा आउने क्रम जारी छ ।भोलि हुने उद्घाटनमा सहभागी हुन पार्टी अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता झलनाथ खनाल ,माधवकुमार नेपाल, वामदेब गौतम, महासचिव ईश्वर पोखरेल लगायतका नेताहरु झापा पुगिसकेका छन् ।
उनले झापाको काँकडभिट्टामा उद्घाटन सम्पन्न भएसँगै भोलि नै विर्तामोड र दमकमा पनि आमसभा हुने जनाए ।
यस अभियानमा सबै कमिटी, जनसंगठन तथा सदस्यहरू गरी १ हजार वढी सहभागी हुनेछन् । अभियानको तयारी र व्यवस्थापनको नेतृत्व सम्बन्धित प्रदेशका प्रदेश संगठन कमिटी र मातहत जिल्ला कमिटीहरूले गर्ने एमालेले जनाएको छ ।
२२ गते विरटनगर चोकमा
शनिबार झापाबाट सुरु हुने मेची(काली अभियानको दोस्रो दिन आइतबार मोरङको बिराटचोकमा आमसभा हुँदैछ । एमाले मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै संविधानका पक्षधरहरुको उपस्थितिमा हुने ऐतिहासिक सभा हुने जनाएको छ ।
नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकालका अनुसार २२ गते विहान १० बजे उर्लाबारीमा स्वागत तथा कोण सभा हुनेछ । उर्लाबारीमा मोरङ क्षेत्र नम्बर १ र ९ का जनताले अभियानमा सहभागी टोलीको स्वागत गर्नेछन् ।
त्यसपछि मोरङ क्षेत्र नम्बर २, ४ र ९ नम्बर क्षेत्रका जनताको सहभागितामा पथरी, र कानेपोखरीमा स्वागत तथा झाँकी प्रदर्शन, बेलाबारीमा क्षेत्र नम्बर ३ का जनताको सहभागितामा सांस्कृतिक कार्यक्रम हुनेछ ।
त्यसपछि मोरङको कोशी हरैचा नगरपालिका अन्तर्गत विराटचोकमा विशाल सभामा परिणत हुने एमाले मोरङ अध्यक्ष ढकालले बताए ।
नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले सम्बोधन गर्ने सभामा सहभागी हुन मोरङ क्षेत्र नम्बर ५, ६ र ७ का जनताले विराटनगर केन्द्रबिन्दु बनाएर विहान १० बजे विभिन्न स्थानबाट र्याली सहित सभास्थल जाने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्