Banner News

निर्वाचन आचारसंहिता उल्लघन गर्दै प्रधानमन्त्री सेनाको हेलिकप्टर चढेर पार्टीको कार्यक्रममा काभ्रे



काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले एक पटक होइन, पटक–पटक स्थानीय तहको निर्वाचन निष्पक्षीय र धाधलीरहित हुने भाषण गर्दै आएका छन् । तर, उनले नै सबै भन्दा पहिले निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचारसंहितालाई तोड्ने काम गरेका छन् । हिजो राजधानीबाट ६० किलोमिटर दूरीमा रहेको काभ्रेको च्यासिङखर्क, कामीडाँडामा प्रधानमन्त्री दाहाल सेनाको एमआई १७ भी ५ हेकिमोप्टर चढेर शुक्रबार पार्टीको सहिद सप्ताह कार्यक्रममा पुगेको हुन् ।

माओवादी केन्द्र जिल्ला कमिटी काभ्रेले आयोजना गरेको कार्यक्रम सम्बोधन गर्न प्रधानमन्त्री सेनाको हेलिकोप्टर चढेर पुगेका थिए ।

निर्वाचन आचारसंहिता उल्लघन गर्ने काममा उनीमात्रै होइनन, उनका मन्त्रीपरिषदका सदस्यहरु पनि थपिएका छन् । जब प्रधानमन्त्री र मन्त्रीहरुका बीचमा नै आचारसंहिता उल्लंघन गर्नेमा प्रतिस्पर्धा शूरु हुन्छ भने, त्यहाँ निर्वाचनको निष्पक्षीयता माथि प्रश्न उठ्छ कि उठ्दैन रु
आयोगले सरकारका मन्त्रीहरुलाई आचारसंहिता उल्लघन नगर्न भनेसंगै सरकारले निर्वाचन आचारसंहिताको उल्लघंनको कार्यलाई तीव्र पारेको छ । निर्वाचनलाई प्रभावित पार्ने हिसाबले सरकारले आचारसंहिता उल्घन गरेसंगै निर्वाचन स्वच्छ र धाधलीरहित हुने कुरामा प्रश्न उठ्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयले निर्वाचनको आचारसंहितालाई उल्लघंन गर्दे कर्मचारी सरुवा बढुवाको काममा हात हालेका छन् । प्रधानमन्त्रीको यो कार्यशैलीले निर्वाचनको निष्पक्षीयतामाथि नै प्रश्न चिन्ह उठ्न थालेको छ ।

कुनै पनि नियुक्ति, सरुवा, बढुवामा आयोगको सहमति लिएर काम गर्न सकिने भए पनि प्रधानमन्त्रीले भने आयोगसँग सहमति नै नलिई बिहीबार स्वास्थ्य मन्त्रालयअन्तर्गका विभिन्न प्रतिष्ठानहरुमा उपकुलपति नियुक्त गरेका छन् । त्यति मात्रै होइन,

प्रधानमन्त्री दाहालले आयोगसँग सहमति नलिई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा भरत यादव, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा।राजकुमार रौनियार, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाबुद्धिबहादुर थापा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा राजेन्द्र वाग्लेलाई नियुक्त गरेका हुन् । ती सबै प्रतिष्ठानको कुलपतिका हैसियतले प्रधानमन्त्री दाहालले उपकुलपतिहरु नियुक्त गरेको जनाइएको छ ।

सहकुलपति तथा स्वास्थ्य मन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठित उपकुलपति छनोट समितिको सिफारिसका आधारमा प्रधानमन्त्री दाहालले ती प्रतिष्ठानहरुमा उपकुलपति नियुक्त गरेका हुन् । उपकुलपतिहरुका नियुक्तिका लागि सरकारले आयोगसँग सहमति नमागेको बुझिएको छ ।
प्रधानमन्त्री दाहालकै कार्यशैली पछ्याउँदै खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले पनि निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । आयोगले मन्त्रीहरुलाई डाकेर कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन नपाइने र सहभागी भए आचारसंहिता उल्लंघन भएको ठानिने निर्देशन दिएको भोली पल्टै मन्त्री सिंहले भने बर्दिया पुगेर विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाएका छन् ।
र मन्त्री सिंहले आचारसंहिताको बेवास्ता गर्दै सानोश्री तारा तालस्थित एउटा खानेपानी तथा उपभोक्ता समितिको साधारणसभाको उद्घाटन गरेका थिए ।