Banner News

ईश्वर पोखरेलले भने– हामी कसैमाथि जाइ लाग्दैनौं, कोही आइलाग्छ भने त्यसलाई कडा जवाफ दिन्छौं



झापा, २१ फागुन । झापाको काकडभिट्टाबाट एमालेको मेची–महाकाली अभियान सुरु भएको छ । काकडभिट्टाबाट हजारौंको जनसहभागिताबीच अभियान सुरु भएको हो । सभालाई सम्वोधन गर्ने क्रममा पार्टी महासचिव ईश्वर पोखरेलले भने–यो अभियान सामाजिक सद्भाव खल्बलिन नदिनका लागि हो, एकता खल्बल्याउन खोज्ने प्रयासका विरुद्ध हो ।संविधान कार्यान्वयनका लागि हो । देश स्वतन्त्र सार्वभौम रुपमा रहन चाहन्छ, परावलम्बी हुन चाहँदैन भन्ने सन्देशका लागि हो ।

मेची देखि माहाकालीसम्म राष्ट्रिय जागरण अभियानको प्रारम्भ गरेका छौं । एमाले देशलाई कमजोर हुन दिंदैन भन्ने प्रतिवद्धतालाई प्रकट गर्न चाहन्छौं ।
शान्तिपूर्ण ढंगले यी कार्यक्रम अघि बढाउन चाहन्छौं, सबै ठाउँका जनतालाई हाम्रा कुरा वताउन चाहन्छौं । समृद्ध नेपाल बनाउने सपना साकार पार्न चाहन्छौं


कसैका विरुद्ध होइन, हामी मुलुकलाई सबैभन्दा बढी माया गर्छा, यसको स्वतन्त्रता र सार्वभौमसत्ता, जनताले प्राप्त गरेका अधिकार रक्षाका लागि लागेका छौं । कसैले रोक्ने कोसिस नगरोस् । कसैले वाधा ब्यवधान गर्न खोज्छ भने कडा जवाफ दिन्छौं । हामी कसैमाथि जाइ लाग्दैनौं, कोही आइलाग्छ भने त्यसलाई कडा जवाफ दिन्छौं ।

हामी जनताका घरघरै उपस्थित हुँदै अगाडि बढ्छौं । हाम्रो स्वाधीनतालाई खलल पुर्याउन अगाडि बढेका जुनसुकै शक्तिको कडा प्रतिवाद गर्छा ।