Banner News

राजमार्गको दायाँवायाँ हाई–हाई एमालेः विर्तामोडमा जनलहर देखेर झलनाथ गर्जिए



विर्तामोड, २१ फागुन। एमालेले झापाको काकडभिट्टाबाट सुरु गरेको मेची–महाकाली अभियान विर्तामोड हुँदै दमकमा पनि सभा भएको छ ।

काकडभिट्टाबाट विर्तामोड जाने क्रममा पूर्वपश्चिम राजमार्गको दुवै किनारामा विशाल जनसमुहले नेता कार्यकर्ताको स्वागत अभिनन्दन गरेको थियो । काकडभिट्टादेखि विर्तामोडसम्मको राजमार्ग करिव १८ किलोमिटर क्षेत्र मानव साङ्लोले जोडिएको थियो । राजमार्गको उत्तर र दक्षिणतर्फका ग्रामीण भेगबाट सर्वसाधारण ठूलो संख्यामा उपस्थित भई अभियानलाई स्वागत गरेका थिए ।
अभियानमा सहभागिहरुलाई राजमार्गको दायाँबायाँ उभिएका सर्वसाधारणले ‘हाई हाई एमाले’ भन्दै हौस्याएका थिए । अभियानलाई बाटैमा रोकेर ठाउँ ठाउँमा पार्टी प्रवेश कार्यक्रम पनि स्वतस्फूर्त रुपमा स्थानीय कमिटीहरुको पहलमा आयोजना भएका थिए ।
विर्तामोडम आयोजित सभालाई वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गरे । खनालले जनताको अपार सहभागिताबाट उत्साही भएको वताउँदै भने– हामी क्रान्ति संस्थागत गर्ने चरणमा छौं ।नेता खनालले एमालेको कार्यक्रममा उर्लिएको जनलहर देखेर सबै प्रतिस्पर्धीहरु सबै आत्तिने वताए ।