काठमाण्डौ २२ फागुन । निकै लामो समयदेखि नै एमालेले मेची–महाकाली अभियान शूरु गर्ने तय गरेको थियो । त्यही योजना अनरुप हिजोबाट एमालेले अभियान झापाको विर्तामोडबाट एमालेले कार्यक्रम शूरुवात गरिसकेको छ । एमालेको कार्यक्रममा व्यापकरुपमा जनसहभागिता देखिएको छ । एमालेको कार्यक्रममा जनताको सहभागिता देखेर आतिएका केही मधेसवादी दलहरुले एमालेको कार्यक्रम विथोल्ने सोच अनुसार नै अहिले आएर आफ्ना कार्यक्रम तय गरेको समाचारमा आएको छ । एमालेलाई तराईबाट ढोल पिटेर लखेट्नु पर्छ भन्नेहरुको एमालेको कार्यक्रममा जनताको बढ्दो सहभागिता देखर तिल्मिलाउन थालेका छन् ।
अभियानअन्तर्गत एमालेले तराई मधेसका जुन–जुन स्थानहरुमा कार्यक्रम राखेका छन्, त्यही–त्यही स्थानमा मोर्चाले कार्यक्रम राखेर झड्पको अवस्था सृजना गर्ने योजनामा लागेका छन् । यो कुनै पनि हिसावले राजनीतिक संस्कार होइन, तराइृलाई आफ्नो विर्ता जस्तो ठान्ने केही मधेसवादी दलको सामान्ती सोचको उपज मात्रै हो ।
एमालेले मेची–महाकाली अभियान सुरु गर्ने बित्तिकै मधेसी मोर्चाले एमालेकै कार्यक्रमस्थलमा आफ्नो कार्यक्रम राखेर मुठभेड र तनाव निम्त्याउने तयारी थालिरहेको छ । काठमाडौंमा बसेका महन्थ ठाकुरहरुले आफ्ना कार्यकर्तालाई तराईमा झरेर एमालेको कार्यक्रम बिथोल्न निर्देशन दिएसँगै अहिले मोर्चाले एमालेको कार्यक्रम बिथोल्न अभियान नै थालनी गरेको छ ।
मधेसी मोर्चाले एमालेले रौतहटको गरुढामा कार्यक्रम राखेकै दिन आफ्नो कार्यक्रम तय गरेको छ । एमालेले फागुन २६ गते गरुढा बजारमा कार्यक्रम राखेको छ ।
त्यसैगरी एमालेको कार्यक्रम भाँड्नै निम्ति र जनसहभागिता कम होस् भनेर २ नम्बर प्रदेश केही जिल्लाहरु बन्दको आव्हान पनि गरेका छन् ।
राजविराजमा हुने एमालेको सभा बिथोल्न सप्तरी बन्दको घोषणा गरेका छन् भने सिरहाको कार्यक्रमलाई प्रभावित तुल्याउन सो जिल्ला बन्दको घोषणा मोर्चाले गरेको छ । यसैगरी, फागुन २५ गते जनकपुरमा हुने एमालेको सभालाई बिथोल्न त्यही दिन जनकपुर बन्दको घोषणा गरिएको छ ।तर, एमालेले भने मोर्चाले जतिसुकै अवरोध तुल्याए पनि पूर्वनिर्धारित कार्यक्रम गरेरै छाड्ने अडान लिएको छ ।
प्रतिक्रिया दिनुहोस्