काठमाडौं, २३ फागुन । सुन पसलकै मालिकहरुले शक्तिकेन्द्रको दुरुपयोग गरी सुन तस्करी गरेको खुलेको छ । प्रशासनिक तथा राजनीतिक शक्तिकेन्द्रको दुरुपयोग गरी उनीहरुले सुन तस्करी गरेको प्रहरीले दाबी गरेको छ ।
झन्डै डेढ महिनाअघि राजधानीबाट पक्राउ परेको ३३ किलो सुन तस्करीमा राजधानीका दुई नाम चलेका सुन पसलको मालिक संलग्न रहेसँगै शक्तिकेन्द्रको दुरुपयोग भएको समेत प्रहरीले जनाएको छ ।
सीआईबीले गरेको अनुसन्धानका क्रममा न्युरोडमा रहेको आरके ज्वेलर्सका सञ्चालक रोजेन्द्र के शाक्य, मालिका शाक्य र सालिमार ज्ेवलर्सका मालिक रामकृष्ण गोयल, कुसुम गोयल, राहुलको संलग्नता रहेको तथ्य सार्वजनिक भएको हो । राजधानीमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्