Banner News

एमालेले भन्यो– सप्तरी घटना आततायीः घटनाको सम्पूर्ण जवाफदेही मोर्चा



काठमाण्डौ ,२४ फागनु । नेकपा एमालेले सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा सप्तरीमा घेरा हालेर आक्रमण गरी नेतृत्वको सामूहिक हत्याको प्रयास गरिएको, आराप लगाएको छ । एमालेले संयमता नअपनाएको र प्रहरीले जिम्मेवारपूर्ण भूमिका निर्वाह नगरेको भए निकैठूलो घटना हुन सक्ने आशंका समेत गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो एमालृले यस्तो आंशका व्यक्त गरेको हो ।एमालेले सप्तरी घटनालाई आततायी घटनाको संज्ञा समेत दिएको छ ।

अभियान अन्तर्गत‘गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा शान्तिपूर्ण सभा भइरहेको समयमा मधेसी मोर्चासंग आवद्ध मानिसहरूले बाहिरबाट ढुंगा हान्ने, गालीगलौज गर्ने, अमर्यादित नाराबाजी गर्ने र सुरक्षाकर्मीहरूमाथि ढुंगा, लाठी र पेट्रोल बम प्रहार गर्ने जस्ता आततायी कार्य गरेको एमालेले वताएको छ ।
पत्रकार सम्मेलनमा एमालेले कार्यक्रमस्थलमा पुग्ने बाटोका विभिन्न स्थानमा बम समेत राखिएको र सुरक्षाकर्मीहरुले निस्क्रिय पारेका दाबी गरेको छ । ‘स्थिति सामान्य होस् भन्ने आशयका साथ हामीले पूर्व निर्धारित राजविराजको रंगशालामा सभा गर्ने र राजविराज प्रवेश गर्ने बाटो समेत परिवर्तन गरेका थियौं । तर, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा अभियान अन्तर्गत शान्तिपूर्ण सभा भइरहेको समयमा मधेसी मोर्चा सम्बद्ध मानिसहरूले बाहिरबाट ढुंगा हान्ने, गालीगलौज गर्ने, अमर्यादित नाराबाजी गर्ने र सुरक्षाकर्मीहरूमाथि ढुंगा, लाठी र पेट्रोल बम प्रहार गर्ने जस्ता आततायी कार्य गरे,’ एमालेले भनेको छ, ‘प्रहरीले संयमता अपनाउँदा–अपनाउँदै पन मानवीय क्षति भएको छ । यसको सम्पूर्ण जवाफदेही मोर्चा नै हुनुपर्दछ ।’

त्यसरी नैएमालेले यस्ता आततायी घटनाको निष्पक्ष रुपमा छानबिनका लागि सम्बद्ध निकायहरुको गम्भीर ध्यानाकर्षण गराएको छ । सुरक्षा प्रबन्ध थप व्यवस्थित गरेर परिस्थितिलाई सामान्यीकरण गर्नुपर्नेमा सप्तरी जिल्ला प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरुलाई फिर्ता वोलाउनुले अझै आंशका उत्यन्न गरेको एमालेले जनाएको छ । त्यति मात्रै होइन, ‘सुरुदेखि नै गृहमन्त्रीले अभियानप्रति प्रदर्शन गरेको आपत्तिजनक रबैया र भूमिकाको पृष्ठभूमिमा हेर्दा गृहमन्त्रीले यसको जवाफदेहिताबाट उन्मुक्ति पाउने अवस्था छैन, नरहेको एमालेले वताएको छ ।