सम्पादकीय

एमाले अभियान हेटौँडाबाटः ‘पार्टी नेतृत्वको सामूहिक हत्या गर्ने सुनियोजित प्रयास



काठमाडौं, २५ फागुन । एमालेले राजविराजमा घेरा हालेर पार्टी नेतृत्वको सामूहिक हत्या गर्ने सुनियोजित प्रयास भएको दाबी गरेको छ ।

‘कार्यक्रमस्थलनजिक बम राखियो । कार्यक्रम चलिरहँदा बम प्रहार भयो । तीनतिरबाट घेराउ गरियो । गाउँगाउँबाट मानिसलाई लाठी र भाला लिएर आउन निर्देशन दिँदै सुरक्षा घेरा तोड्न खोजियो,’ मंगलबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष भीम रावलले भने, ‘नेतृत्वपंक्तिलाई नै समाप्त पार्ने दुरासय थियो भन्ने कुरा प्रस्ट भएको छ ।’

एमालेले सप्तरी घटनामा भएको तीनजनाको मृत्युको जिम्मेवारी गृहमन्त्री र मधेसी मोर्चाले लिनुपर्ने बताएको छ । अबको कार्यक्रम २७ फागुनदेखि हेटौँडाबाट सुचारु हुने पार्टीले जनाएको छ ।नयाँ पत्रिकामा समाचार छ ।