सम्पादकीय

गोली चलाऊ भन्नेचाहिँ को त !



काठमाडौं, २५ फागुन । सोमबार साँझ बालुवाटारमा बोलाइएको माओवादी हेडक्वार्टर बैठक सुरु नहुदै सप्तरी घटनाको रिपोर्ट आउन थाल्लो । त्यहीँबाट प्रधानमन्त्रीले निमित्त आइजिपी डा. दिनेशचन्द्र पोखरेललाई फोन गरेर भने, विहानै मैले त्यहाँ कुनै हालतमा गोली नचलाउन भनेको होइन ? किन त्यस्तो परिरिस्थति सिर्जना भयो ?

स्वाभाविक थियो, आइजिपीले गृहमन्त्रीको आदेशले गोली चलाएको सुनाए । यसपछि प्रचण्डले फोन गरे, विमलेन्द्र निधिलाई । भने, ‘तपाईलाई यस्तो हुदैछ, बाहिर नजानुस् राजधानी मै बस्नुस् भनेको होइन ? त्यही दिन कैलाली गएको हेर्नुस् त, सप्तरीमा आखिर गोली चल्यो तलबाट रिपोर्ट लिइरहनु भएको होला नि ?विमलेन्द्र निधिले जवाफ दिए, मैले घुँडामुनि मात्रै हान्न भनेको, टाउकैमा हानेछन् १’

विमलेन्द्र कुरा सुनेपछि फेरि प्रचण्डले आइजिपीलाई फोन गरेर भने, अब धर्य गर्नुस् । स्थिति थप भड्किन नदिने उपाय निकाल्नुस् ।’ त्यसो त प्रचण्डले सोमबार बिहानै आइजिपीलाई भनेकै थिए , एमाले र मोर्चालाई अमाने, समाने हुन नदिनुस् ।

घटना लगत्तै प्रधानमन्त्री प्रचण्डले ओलीलाई फोन गरेर भने, ‘आजको घटनाको समिक्षा गर्नुहोला । सबभन्द राम्रो त कार्यक्रम टर्मिनेट गर्नु नै हो । सल्लाह गर्नुस् विचार गर्नुस् । ओली रिसाए । भने, ‘आफ्नै देशभित्र हिड्डुल गर्न नपाउनु ? यो के ताल हो ?’जनआस्था साप्ताहिकमा समाचार छ ।