Banner News

सप्तरी घटनापछि उत्पन्न राजनीतिक अवस्थावारे छलफल गर्न प्रमुख तीन दलको बैठक बस्दै



काठमाण्डौ,फागुन २५। सप्तरी घटनापछि देशमा उत्पन्न राजनीतिक परिस्थितिको समीक्षा लगायत समसामयिक विषयमा छलफल गर्न प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ ।

सप्तरी घटना पछि उत्पन्न राजनीति अवस्था, निर्वाचन लगायतको विषयमा छलफल गर्न प्रमुख तीन दलको बैठक बसेको हो । प्रमुख तीन दलको बैठकका निर्णयल ेमुलुकको राजनीति अब कसरी अघि बढ्छ भन्ने कुराको समेत निक्यौल गर्ने भएकाले पनि आजको बैठक महत्वपूर्ण राजनीतिक विश्लेषकहरुको तर्क छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ ।