जाजरकोट, २६ फागुन । जाजरकोटमा बस दुर्घटनामा हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये १३ जनाको शव फेला परेको छ । उनीहरुको सनाखत हुन सकेको छैन् ।
समाचार स्रोतका अनुसार ३५ जना गम्भीर घाइते छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पुर्याइएको छ ।
बिहीबार अपरान्ह ४ बजेर ४५ मिनेटमा खलंगाको बोहोरा गाउँबाट खारातर्फ जाँदै गरेको ना ३ ख २२७९ बस बोहोरा गाउँको मोडबाट पासागाड खोलामा खस्दा यो दुर्घटना हुन पुगेको हो ।
क्षमताभन्दा बढी यात्रु र तीव्र गति भएका कारण बसलाई कन्टोल गर्न नसकेर दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । बस भिरबाट करिव दुई सय मिटर तल खसेको थियो ।जिल्ला सदरमुकामबाट दुई किलोमिटरमा पर्ने घटनास्थलमा नेपाली सेना र प्रहरीको टोलीबाट उद्दार कार्य जारी छ ।
प्रतिक्रिया दिनुहोस्