सम्पादकीय

कञ्चनपुर गोलीकाण्डमा सरकारलाई माओवादी केन्द्रकै ज्ञापन



काठमाडाै‌‍‍‌, २८ फागुन । प्रधानमन्त्री प्रचण्डकै पार्टी माओवादी केन्द्रले कञ्चनपुर गोलीकाण्डमा सरकार गम्भीर नदेखिएको भन्दै ज्ञापनपत्र बुझाएको छ ।  माओवादी केन्द्र ७ नम्बर प्रदेशका इन्चार्ज लेखराज भट्टको नेतृत्वको प्रतिनिधि मण्डलले बुझाएको ज्ञापनपत्रमा भारतीय सुरक्षाफौजको गोलीले मृत्यु भएका गोविन्द गौतमलाई राष्ट्रिय शहिद घोषणा गर्न र मृतकका परिवारलाई ५० लाख राहतको व्यवस्था गर्न माग गरिएको छ ।

यस्तै घाइतेको निःशुल्क उपचार गर्न, दोषीहरुमाथि अन्तर्राष्ट्रिय अदालतमा गएर भए पनि सजाय गर्न, गौतमको शालिक स्थापना गर्न, परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माग गरिएको छ ।

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल स्वतन्त्र र स्वाभिमानी राष्ट्र भएकाले स्वतन्त्र राष्ट्रमाथिको हस्तक्षेप मान्य नहुने बताएका थिए ।कान्तिपुमा समाचार छ ।