चितवन,२८ फागुन। नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियान चितवन आइपुगेको छ । तीन दिन स्थगन भएपछि शुक्रबारदेखि हेटौँडाबाट सुरु भएको अभियान दोस्रो दिन चितवन आइपुगेको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको विशाल सभालाई सम्बोधन गर्दै एमाले तराई–मधेसका जनताको पार्टी भएको दाबी गरे पूर्व–पश्चिम राजमार्ग फराकिलो बनाउने र रेल ल्याउने पार्टी एमाले मात्रै भएको दाबी गरे ।
उनले रेल चढ्न अब गोरखपुर जानु नपर्ने भन्दैकेही मधेसी नेताहरुले मधेसमा भ्रम फैलाएका छन, त्यस्ता भ्रममा नपर्न पनि आग्रह गरे । उनले भने– ‘एमाले तपाईंहरूको पार्टी हो,’ ‘एमाले लाभ हानी हेरेर काम गर्ने पार्टी होइन ।’ ।
हेटौंडादेखि नै हजारौँको सहभागितामा अघि बढेको अभियानले राजमार्गमा करीव २०किलोमिटर दूरी ओगटेको प्रहरीले जानकारी दिएको छ । अभियानका क्रममा वाटो वरीपरी बसेर हजारौँले राष्ट्रिय र एमालेलेको झण्डाले स्वागत गरेका थिए ।
आज कावासोतीमा जनसभा सकेर एमाले टोली त्यही बास बस्ने छ । आइतबार भूमही, भैरहवा र बुटवलमा आमसभा गर्ने एमालेले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्