काठमाडौं, २९ फागुन । प्रधानमन्त्री प्रचण्ड मंसिर १२ गते लावालस्करसहित साझा यातायातको पुल्चोकस्थित कार्यालय पुगे । उनले त्यहाँ साझाले ल्याएका ३० नयाँ आधुनिक बस अवलोकन र उद्घाटन गरे । त्यसपछि उनी साझा बस चढेर सिंहदरबारस्थित कार्यालय जाने निर्णयमा पुगे ।
तत्काल साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले प्रधानमन्त्री प्रचण्डलाई बा.४ ख ५६४८ नम्बरको बसमा चढाए । उक्त सिट विशेष सुविधायुक्त थियो । प्रधानमन्त्री प्रचण्ड चढेको उक्त बसको सो सिट शनिबार बन्दको अवज्ञा गरेको भन्दै जलाइएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले शनिबार बालाजु बाइपासमा आगो लगाएको बस प्रधानमन्त्री प्रचण्डले उद्घाटन क्रममा चढेका थिए । प्रधानमन्त्री बसेकै सिट जलेर नष्ट भएको छ ।
साझा यातायातका अध्यक्ष दीक्षितले शनिबार जलाइएको बस थपिएका ३० नयाँमध्ये विशेष भएको बताए । उनले प्रधानमन्त्री प्रचण्ड चढेको र विशेष सुविधायुक्त सिट रहेको बसमै आगजनी हुनु संयोग वा घटना नभई सार्वजनिक सम्पत्तिउपर नियोजित आक्रमण भएको बताए । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्