दाङ३० फागुन। मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा सोमबार एमालेले दाङको लमहीमा भव्य जनसभा ग¥यो ।दाङबाट आएको टोलीले धानखोलामा केन्द्रीय टोलीलाई स्वागत गर्नुका साथै जुलुशसहित लमही पुर्याएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय अभियान आयोजना गरेर आफ्नो पार्टीले राष्ट्रलाई एकताको सूत्रमा बाँध्न चाहेको उल्लेख गरे ।
‘कुनै ठाउँमा कुनै दललाई आउन दिन्न भन्छ भने त्यो निहुँ खोजेको मात्र हुन्छ । जसरी दाङमा आउनबाट हामीलाई कसैले रोक्न सक्दैन, त्यसैगरी मुुलुकका अरु भूभागमा जानबाट पनि कसैले रोक्न सक्दैन,’ उनले भने, ‘ अहिलेका ७ सय ४४ वटै स्थानीय तहमा एमाले छ, जताजतै छ । संविधानले नै राजनीति दलहरुलाई सभा आयोजना गर्ने, जुलुश गर्ने अधिकार दिएको छ । तर, आफूलाई यही देशका नेता ठान्नेहरुले हामीलाई सप्तरी जानबाट रोके । यसबाट उनीहरुको नियत स्पष्ट भएको छ । आफूलाई प्रजातन्त्रको ठेकेदार ठा्रन्नेहरुले नै यस्तो गरेको देख्दा अचम्म लागेको छ ।’
मेचीबाट सुरु गर्दा जुन उत्साह देखा परेको थियो, अहिलेसम्म पनि कायम छ,’ उनले भने, ‘सप्तरीमा हतियार लिएर हामीमाथि आक्रमण गर्न खोजियो । प्रहरीमाथि आक्रमण गरियो, एमालेका नेताहरुमाथि बमले आक्रमण गर्ने कोसिस गरेका थिए ।
त्यस्तलाई रोक्ने प्रहरी र प्रशासनका अधिकारीहरुलाई फिर्ता बोलाएर सरकारले मानमर्दन गरिएको छ, मनोबल गिराउने काम गरिएको छ । हामीलाई शंका छ, यस्ता घटनामा कतै सरकारका मानिसहरु त संलग्न छैनन् रु’ उनले एमालेले तीन दिन कार्यक्रम रोक्दा पनि अपराधीहरु खोज्ने काम नभएको भन्दै सरकारप्रति आशंका व्यक्त गरे । ‘एमालेको लोकप्रियता बढेर अरु पार्टीहरु आत्तिएका छन् । मोर्चाका नाममा हाम्रा कार्यक्रममा आउनबाट रोक्न लागि कोसिस भइरहेको छ । आजै कपिलवस्तुमा उनीहरुले जनतालाई कार्यक्रममा आउन रोके,’ उनले भने, ‘नेपाली भएकोमा हामीलाई गौरवबोध हुन्छ, गर्व गर्छौं । म मोर्चाका नेताहरुलाई सोध्न चाहन्छु, तपाईंहरु नेपाली भएकोमा गौरवबोध हुन्छ कि हुँदैन ?विदेशी फौजले नेपाली नागरिकलाई मार्दा तपाईंलाई पोल्छ कि पोल्दैन रु कञ्चनपुरमा भारतीय फौजबाट नेपाली मारिएकोमा संघीय पार्टीका नेता अशोक राईले गाउँलाई बलियो बनाउन ०५१ सालमा हामीले आफ्नो गाउँ आफैँ बनाऔँ भन्ने कार्यक्रम ल्याएको हो,’ उनले भने, ‘एमालेले राष्टियताका सवालमा सधैँ आवाज उठाउँदै आएको छ ।
पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले इतिहासदेखि नै स्वतन्त्र रहेको मुलुकलाई कसैले केही गर्न नसक्ने र त्यसका लागि जनता सचेत हुनुपर्ने आवश्यकता औल्याउँदै त्यसैका लागि आफ्नो पार्टी सक्रिय भएको बताए ।
सभामा बोल्दै पार्टी स्थायी समिति सदस्य शंकर पोखरेलले लोकप्रिय काम गर्दागर्दै ०५२ सालमा मनमोहन अधिकारीको सरकारलाई हटाइएको बदला जनताले त्यसपछि सम्पन्न स्थानीय निर्वाचनमा एमालेलाई बहुमत स्थानमा जिताएर लिएको स्मरण गर्दै यसपटक पनि राम्रो काम गर्दागर्दै केपी नेतृत्वको सरकारलाई हटाइएकाले स्थानीय निर्वाचनमा पार्टीले दुई तिहाई बहुमत ल्याउने बताए ।
कार्यक्रम केन्द्रीय कमिटीका बैकल्पिक सदस्य तथा पूर्वसभासद् शान्ता चौधरीको अध्यक्षता र बैकल्पिक केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज मेटमणि चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा लोकप्रिय कलाकार बद्री पंगेनी ‘आयो आयो एमाले आयो, कालो बादल फाटेर घाम लायो’ गीत गाएका थिए ।
प्रतिक्रिया दिनुहोस्