सम्पादकीय

किन चीन जाँदैछन् प्रधानमन्त्री दाहाल ?



काठमाडौं, १ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता सम्हालेको ८ महिनापछि आएर चैतमा उत्तरी छिमेकी चीनको भ्रमणमा जाने भएका छन् ।

नै बर्षअघि पहिलोपटक प्रधानमन्त्री हुँदा चीनबाट आफ्नो विदेश भ्रमण थालेका दाहाल यसपटक भने चौथो विदेश भ्रमणको रुपमा चीन जान लागेका हुन् ।

यो पल्ट प्रधानमन्त्री भएपछि उनी दुई पटक भारत र एकपल्ट दुबाई (यूएई) गएका छन् ।

तर उनको यो चीन भ्रमण दुईपक्षिय वा औपचारिक भने होइन । एक गैरसरकारी संस्थाले गर्ने कार्यक्रममा सहभागी हुन उनी चीन जान लागेका हुन् ।

चैत १० देखि १३ गतेसम्म हाइनान प्रान्तमा हुने बोआओ फोरम फर एसिया सम्मेलनमा सहभागी हुन उनी त्यता जान लागेका हुन् । कान्तिपुरमा समाचार छ ।