सम्पादकीय

मेलम्ची खानेपानीको सुरुङ खन्न यसकारण ढिलाई



काठमाडौं, १ चैत । मेलम्ची खानेपानीको अब ४ मिलोमिटर मात्र सुरुङ खन्ने काम बाँकी छ । आयोजनाका अनुसार मुख्य सुरुङको २६ मध्ये २२ किमि सुरुङ खन्ने काम पुरा भइसकेको छ ।

सिन्धु–ग्यालथुङ खण्डको ८ किमि सुरुङमा कमजोर भौगर्भिक अवस्थाका कारण समस्या भएकाले खन्ने काममा ढिलाई भएको आयोजनाले जनाएको छ ।

सरकारले असोजमा उपत्यकामा मेलम्चीको पानी ल्याउने प्रतिवद्धता जनाइसकेको हुँदा साउनभित्र सुरुङ खन्ने काम पुरा गरिसक्नुपर्ने आयोजनाका उपनिर्देशक रमाकान्त दुवाडीले बताए । कान्तिपुरमा समाचार छ ।