काठमाण्डौ, १ चैत । एकपछि अर्को हिंसात्मक अभियानमा उत्रिएको सत्तारुढ दल मधेसी मोर्चाले एमालेको अभियान असफल पार्न बन्द मात्रै गरेको छैन, गाउँबाट एमालेको अभियानमा सहभागी हुन आएका जनतामाथि अन्धाधुन्धरुपमा वम प्रहार समेत गरेको छ । एमालेको अभियान जुन जिल्लामा पुग्यो ती जिल्लामा बन्द कार्यक्रम राख्दै आएको मोर्चाले आफ्नो बन्दका बाबजूद पनि एमालेको अभियानमा लाखौंको सहभागिता रहेपछि बाँकेमा अभियानमा सहभागि हुन गाउँबाट आएको गाडीमा बम प्रहार गरेको छ ।
सत्तारुढ दल भए पनि मधेसी मोर्चालाई विपक्षी दलको सभामा बम हान्ने सुविधा छ ।यसअघि २३ फागुनमा सप्तरीमा एमालेको सभा भइरहेका बेला सत्तारुढ मधेसी मोर्चाका ‘कार्यकर्ता’ले बमप्रहार गरेका थिए । सोही क्रममा ४ जनाको मृत्यु भएको थियो । आफ्नै बम प्रहार र आफू सहभागि सरकार मातहतको प्रहरीले चलाएको गोलीबाट मान्छे मारिएपछि त्यसको दोष भने एमालेलाई लगाउँदै आएका छन् ।
पेट्रोल बम प्रहार गरिएको भे १ ख २०४२ नम्बरको बसमा समान्य क्षति पुगेको प्रहरीले जनाएको छ । तर एमालेको मुल जुलुशमा भने दशौं हजार स्थानीयको सहभागिता रहेको छ । बम प्रहारी गरी मोर्चाले गरेको हिंसात्मक अवरोधका वावजुद ।
प्रतिक्रिया दिनुहोस्