Banner News

मोर्चाको वम प्रहार र अवरोध छिचोल्दै एमालेको अभियान वर्दियाको गुलेरियामा



काठमाण्डौ,१ चैत्र । नेकपा एमाले गत फागुन २१गतेबाट सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत अहिले वर्दियाको गुलेरियमा कार्यक्रम गरिरहेको छ ।

आज बाँकेको नेपागन्जमा भव्य कार्यक्रम सम्पन्न भएसंगै वर्दियामा पुगेको हो ।

वर्दियामा स्थानीय बासिन्दा झाँकी र जुलुशसहित नगर परिक्रमा गर्दै सभास्थलमा पुगेका छन । नेपालगन्जमा मात्रै होइन गुलेरियामा जाने क्रममा पनि मधेसी मोर्चाका नाममा विभिन्न ठाउँमा बाटो रोक्ने, सामूहिक रुपमा अवरोध सिर्जना गर्ने र बम प्रहार गर्नेसम्मका काम गरिएको थिए ।
त्यसका पनि वर्दियामा बावबुद ठूलो संख्यामा स्थानीय बासिन्दा कार्यक्रममा सहभागी भएका छन् ।