काठमाण्डौ, १ चैत । नेकपा एमालेकी केन्द्रीय सदस्य शान्ता चौधरीले तराई कसैको बिर्ता नभएको बताएकी छिन् ।एमालेले मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा बर्दियाको गुलरीयामा सम्वोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
‘यो त आदिबासी थारु हरुको थातथलो हो,’ उनले भनिन्, ‘एमाले कसरी थारु र मधेसी बिरोधी भयो ? उनले १८ वर्ष कमलरी बसेको बसेको भन्दै थारुको समस्या सबै भन्दा बढी आफूले बुझेको दाबी गरिन् । ‘थारुको समस्या बुझेको छु कि पर्शुनारायण र बिजय गच्छदारलेहरुले बुझेका छन्,’ उनले भनिन्, ‘तराई मधेस को समस्या जातीय होइन बर्गीय हो ।’
उनले माओवादीले धेरै मान्छेको हत्या गरेको, घाँटी रेटेको देखेर आफू माओवादी हुन नसकेको बताइन् । ‘धेरै मानिसको घाँटी रेटेर हत्या गरेको देखेकी म माओवादी बन्न सकिन,’ उनले भनिन्, ‘त्यसकारण म एमाले भए ।’
प्रतिक्रिया दिनुहोस्