काठमाडौं, २ चैत। नेकपा एमाले गत फागुन २१गतेबाट सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत आज राजापुरमा कोणसभा, टिकापुरमा र लम्किमा विशाल सभा हुने भएको छ । पार्टी शीर्ष नेताहरु राजापुर पुगिसकेको सभासद निर्मल सुवेदीले जानकारी गराए ।
सुवेदीका अनुसार आज लम्किको कार्यक्रम पश्चात त्यही आज बास बस्ने कार्यक्रम तय भएको छ । सहभागी हुन जिल्लाका गाउँ–गाउँबाट मानिसहरु आउने भएका छन् ।
हिजो नेपालगन्ज र वर्दियामा स्थानीय बासिन्दा झाँकी र जुलुशसहित नगर परिक्रमा गर्दै सभास्थलमा पुगेका थिए । नेपालगन्जमा मात्रै होइन गुलेरियामा जाने क्रममा पनि मधेसी मोर्चाका नाममा विभिन्न ठाउँमा बाटो रोक्ने, सामूहिक रुपमा अवरोध सिर्जना गर्ने र बम प्रहार गर्नेसम्मका काम गरिएको थिए ।
त्यसका वावजुद पनि वर्दियामा ठूलो संख्यामा स्थानीय बासिन्दा कार्यक्रममा सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्