सम्पादकीय

एसइई परीक्षामा चिट चोराए ठाउँको ठाउँमै कारबाही



काठमाडौं, ३ चैत । माध्यमिक शिक्षा परिषद कक्षा १० (एसइई) को परिक्षामा चिट चोर्नेचोराउनेलाई, ठाउँको ठाउँमै कारबाही गरिने भएको छ
यसअघि एसएलसी परीक्षाको नाममा सञ्चालित परीक्षा यसपटकदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) का नाममा हुन लागेको हो ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यस बर्षको परीक्षा व्यवस्थित बनाउन तीन वटा अनुगमन समिति गठन गरिएको बताए ।आजबाट सुरु हुने एसइई परीक्षाको प्रक्रिया लेटर गेटिङ प्रणालीमा हुनेछ ।  नागरिकमा समाचार छ ।