Banner News

माओवादी भित्र प्रचण्डको विकल्पमा नारायणकाजी उठ्दैः काजीको पक्षमा रायमाक्षी र बस्नेत पनि



काठमाडौं, ७ चैत । केपी शर्माको नेतृत्वमा नै सेना लगाएर भए पनि निर्वाचन गराउनुपर्ने आफ्नो प्रस्तावलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले नमानेर ठूलो भूल गरेको र मधेसी मोर्चालाई बढी भाउ दिँदा देश विखण्डन हुने खतरा बढेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र भन्ने गरेको स्रोतले बतायो ।

स्रोतका अनुसार, काजीले आफ्नो यो मतको पक्षमा पूर्व एकता केन्द्रभित्र मात्र होइन टोपबहादुर रायमाझी, शक्ति बस्नेतलगायतका नेताहरु पनि रहेको उनको जिकिर छ ।
अलि बढी जातिवादी भएपनि राष्ट्रियताको सन्दर्भमा देव गुरुङको लाइन ठीकै भए पनि रामबहादुर थापाको भूमिका बुझ्नै नसक्ने पहेँली भएको श्रेष्ठको भनाई रहेको स्रोतले बतायो ।

कुरा गर्दै जाँदा ठिकै भन्ने पनि लाग्ने, कतै आफ्नो स्वतन्त्र धारणा नहुँदा विचार नै मरेको हो कि भन्ने पनि लाग्ने, नारायणकाजीले एमालेका एक नेतासँग चिन्ता व्यक्त गरेका छन् ।

एमाले निकट स्रोतले श्रेष्ठको भनाई उद्धृत गर्दै अगाडि भन्यो, ‘क्रान्तिकारी माओवादीबाट एकतामा जोडिएका पम्फा भुसालसहितको एउटा हिस्सा त प्रचण्डसँगै लम्पसार परिसकेको छ, तिनले त प्रचण्डको नन्इथिकल, नन्आइडोलोजिकल, भ्रष्ट चरित्रको साक्षी बनेर गइसकेको छ ।
मैले नारायण दाहाल प्रशासनिक सल्लाहकार हुनुहुन्न भनेर कुरा उठाएँ, कोही बोल्दैन । प्रचण्डको छोरालाई जागिर नदिनुस्, भोलेन्टियर बनाउनुस् भनेँ, कोही बोल्दैनन् ।

क्रान्तिकारी माओवादीका भन्ने साथीहरु पनि बोल्दैनन् । हेर्नुस् । कति लड्ने, के मा लड्ने पार्टी त वर्वाद नै भइसक्यो । वाम एलायन्समा लैजान सकिन्थ्यो । अहिलेको आवश्यकता पनि त्यही हो । तर, मधेसी मोर्चालाई च्याप्ने, कांग्रेससँग गठबन्धन गर्दा सामाजिक रुपान्तरणको, राष्ट्रिय स्वाधिनताको मुद्दा नै सिद्धियो ।’

नारायणकाजीको सोही अडानका कारण पार्टीमा उनको पकड बलियो बन्दै गएको स्रोत बताउँछ । स्रोत भन्छ, स्थानीय निर्वाचनमा माओवादी केन्द्रको लज्जाजनक पराजयपछि प्रचण्डलाई चुनौती दिनसक्ने गरी श्रेष्ठ नेतृत्वमा आउन सक्छन् ।साँघु साप्ताहिक मा समाचार छ ।