शैक्षिक

नगरकेन्द्र बहादुरगंज बनाउन भन्दै कपिलबस्तुमा चक्काजाम



इमरान खान

कपिलबस्तु , चैत्र ७। कपिलबस्तु जिल्लाको बहादुरगंजलाई नगरपालिका सदरमुकाम कायम गराउन आन्दोलित आज दुई घण्टे चक्काजाम गराएका छन । जिल्ला प्रविधिक समिति कपिलवस्तुले स्थानीय निकायको पुनर्संरचनामा कृष्णनगर नगरपालिकाको सदरमुकाम बहादुरगंजलाई बनाउने निर्णय गरिपठाईएको थियो ।

तर अहिले नया संरचनाको खाका आउंदा नगरपालिकाको सदरमुकाम बहादुरगंज हटाएर साविक कै कार्यालय कृष्णनगर नै राखिएकाले बहादुरगंज र वरपरका गाबिस अजिगरा, भिल्मी, पुरुषोत्तमपुर,बिद्यानगर, भगवानपुर लगायतका युवा तथा स्थानियहरु आन्दोलित भएका छन । आन्दोलनको कार्याक्रममा आज दुई घण्टे कृष्णनगर(चन्द्रौटा सडकखण्डमा यातायात बन्द पारिएको थियो । पछि गाभिएका गाबिसहरु कृष्णनगरमा विलय हुन नमान्ने भएपछि अहिले आन्दोलनको स्थिति सृजना भएको छ ।

आन्दोलन भन्दा पहिला जनचेतना युवा क्लब बहादुरगंज, जन बिकास युवा क्लब अजिगरा, भिल्मी बाल क्लब, हरियाली युवा क्लब पुरुषोत्तमपुर, विद्यानगरको दिगो बिकास युवा क्लबले सामुहिक रुपमा प्रधानमंत्री तथा स्थानिय विकास मंत्रीलाई नगर केन्द्र बहादुरगंज नै कायमका लागि विज्ञप्ति दिएका थिए तर हालसम्म पनि संशोधन नगरिएकोले स्थानिय युवा तथा सर्वसाधारणहरु समेत आन्दोलनमा उत्रेका जनचेतना युवा क्लबका अध्यक्ष मनिष गुप्ताले बताएका छन ।
त्यसतै अजिगरा , भिल्मी, पुरुषोत्मपुरका सर्वसाधारणलाई बहादुरगंज नै सहज हुने भन्दै जनबिकास युवा क्लबका अध्यक्ष पवन कुमार हरिजनको भनाई छ । दुई घण्टे चक्काजाममा बहादुरगंज लगायत वरपरका लगभग पांच सय जतिकासर्वसाधारणहरुको उपस्थिति थियो ।