विश्व

अफगानिस्तानआक्रमण मा तीन सैनिक र एघार आतङ्ककारी मारिए



अफगानिस्तान, ७ चैत । अफगानिस्तान दक्षिणी प्रान्त उरुजगानको प्रान्तीय राजधानी टिरिन कोटको बाहिरी इलाकामा आतङ्ककारी र सैनिकबीच गएराति रातभरी भएको एक झड्पमा तीन सैनिक र ११ आतङ्ककारी मारिएका छन् । स्थानीय अधिकारीले सोमबार सो जानकारी दिएका छन् ।

टिरिन कोटको आर्मा इलाकामा अवस्थित एक सैनिक शिविरमा आइतबार राति अज्ञात सङ्ख्यामा आएका सशस्त्र आतङ्ककारीहरुले सुरु गरेको झडपमा तीन र्सैनिकले ज्यान गुमाए भने सैनिकको जवाफी कारबाहीमा ११ आतङ्ककारी मारिएका प्रान्तीय सरकारका प्रवक्ता दुउस्त मोहमदले बताएका छन् ।

सैनिक शिविर आक्रमणमा आएका ती आतङ्ककारीहरु तालिवान भएको जनाइएको छ ।सिन्ह्वा