विश्व

दक्षिण सुडानमा विमान दुर्घटना



नैरोबी दक्षिण सुडान, ७ चैत । दक्षिण सुडानको उत्तरपश्चिममा रहेको सहर वाउकोवाउ विमानस्थलमा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको र विमानमा यात्रारत १४ जना घाइते भएको सुडानी अधिकारीले जनाएका छन् ।

अहिले भर्खर विमानस्थलबाट केही एम्बुलेन्स बाहिर आएका छन् र १४ जनालाई घाइते अवस्थामा अस्पताल लगिएको छ । उनीहरुको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर तर स्थिर अवस्थामा रहेको अस्पतालले जानकारी गराएको दक्षिण सुडानका सूचना मन्त्री गाउ डेन्सिओले बताए ।

साउथ सुिप्रम विमानकम्पनीको विमान जुवाबाट वाउका लागि छुटेको थियो भने अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।

मेरो विचारमा चालकले मौसमको कारण विमानस्थलको धावनमार्गलाई राम्ररी देख्न नसकेकाले दुर्घटनाग्रस्त हुनपुगेको छ, वाउ विमानस्थलका इन्जिनियर पर्ल चाल्र्सले बताए ।

अवतरणका समय धावनमार्गमा विमानबाट बाक्लो कालो मुस्लो निस्केको दृश्य स्थानीय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ । विमानको पछिल्लो केही भाग बाहेक सवै जलेर नस्टभएको छ ।

विमानमा कति यात्रु थिए र कसैको मृत्यु भएको वा नभएको भन्ने विषयमा विस्तृत विवरण प्राप्त भइनसकेको बताइएको छ ।

तर चिनियाँ समाचार संस्था सिन्ह्वाले विमानमा ४४ जना यात्रु रहेको बताइएको छ । विमानमा यात्रारत् सबैजनाको मृत्यु भएको आशङ्का गरिएको सिन्ह्वाद्वारा सम्प्रेशित प्रारम्भिक खवरमा जनाइएको छ । एएफपी-सिन्ह्वा