काठमाडौं८,चैत्र । नेकपा एमालेलेको स्थायी समितिको बैठकले सरकारले निर्वाचन घोषणा गरिसकेकाले निर्वाचनको सुनिश्चितताका लागि सरकारको ध्याँनाकर्षण गराउने भएको छ । निर्वाचन घोषणा भए पनि निर्वाचनको विषयलाई लिएर आंशका उठेकाले एमालेले सरकारलाई सुनिश्चितताका लागि ध्याँनकर्षण गराउन लागेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी गराए ।
मंगलवार विहान बसेको एमाले स्थायी समिति वैठकले निर्वाचन आयोगले आचारसंहिता लागू गरिसकेको सन्दर्भमा सरकारका तर्फबाट आचारसंहिताविपरीत बजेटको विनियोजन गरेकोप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ ।
वैठकले संविधान संशोधनका सन्दर्भमा पार्टीको अडान कायम राख्ने र पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा ९ राजनीतिक दलबीच छलफल गरेर एकीकृत धारणा बनाउने लगायतका निर्णय भएको पार्टी सचिव भट्टराईले बताए । बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रीत रहेको उनले वताए ।
प्रतिक्रिया दिनुहोस्