काठमाडौं,८ चैत्र । मन्त्रिपरिषद्कै बैठक बसेर प्रहरी महानिरीक्षकमा नियुक्तिको सिफारिस भएका नायव महानिरीक्षक डिआइजीजयबहादुर चन्दको नियुक्ति सर्वोच्च अदालतले नै बदर गरिदिएको छ ।
अदालतले प्रहरी नियमावलीमा रहेर उपयुक्त अधिकृतलाई प्रहरी प्रमुख बनाउन भनेको छ । प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दको नियुक्ति बदर गरेको हो ।
प्रधानन्यायाधीश कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले नियुक्ति बदरको फैसला गरेको हो । तर, यो फैसलासँगै चन्दबाहेक प्रतिस्पर्धी डिआइजी नवराज सिलवाल, प्रकाश अर्याल र बमबहादुर भण्डारीमध्येबाट सरकारले नयाँ नियुक्ति गर्नुपर्नेछ ।
डिआइजी अर्याललेसमेत कार्यसम्पादन मूल्यांकनमा पहिलो नम्बरमा रहेको दाबी गर्दै त्यस अनुसार नियुक्तिका लागि सरकारका लागि आदेश जारी गर्न माग गर्दै रिट दायर गरेका छन् ।
फागुन १ गते बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी चन्दलाई आइजिपी बनाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्