अर्थ

एनसेलको राजस्व छलीको विरोध गर्दै पेशाकर्मीहरु सडकमा



काठमाडौँ,८ चैत्र । सरकारले एनसेलबाट असुल गर्नुपर्ने ३९ अर्ब राजश्व छली गरेको भन्दै पेशाकर्मीहरु सडकमा ओर्लिएका छन् । पेशागत महासंघको संयोजन र सार्वजनिक संस्थान कर्मचारी संगठनको आयोजनामा मंगरबार काठमाडौँको माइतिघर मण्डलमा एनसेलको लाभकर छलीका विरुद्ध पेशाकर्मीहरु सडकमा उत्रिएका हुन । प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो निर्देशन र अर्थमन्त्री कृष्णबहादुर महराको अग्रसरतामा एनसेललाई लाभकर बुझाउन उन्मुक्ती दिने गरी निर्णय भएपछी पेशाकर्मीहरुले प्रर्दशन गरेको पेशागत महासंघले जनाएको छ ।

प्रर्दशनपछी आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले राष्ट्रलाई डुबाउने गरी सरकारले माफियाकरण र दलालिकरण गरेकोले एनसेलको लाभकर छलीका विरुद्ध सबै सकडमा आउनुपर्ने बताए । उनले भने, ‘सरकारले कमिशनका आधारमा एनसेललाई करमा उन्मुक्ती दिएको छ । यो माफियाकरण र दलालीकरणविरुद्ध सबै सडकमा आउनुपर्छ ।’

एमाले वैकल्पिक केन्द्रीय सदस्य प्रेमलकुमार खनालले कर नउठेमा राष्ट्र सेवकहरुले पारिश्रमिक नपाउने भन्दै सबै पेशाकर्मीहरु सडकमा आउनुपर्ने बताए । उनले आन्दोलनको जेहाद छेडेपछी बाध्य भएर सरकारले राष्ट्रघाती निर्णय फिर्ता लिने दावी गरे ।

स्वीडिश कम्पनी टेलियासेनेराले एनसेलको असी प्रतिशत शेयर मलेसियाको एक्जीयटा कम्पनीलाई बिक्री गरि सकेको अवस्थामा सरकारले नेपाल नै छोडिसकेको टेलियासेनेरालाई नै कर तिराउने निर्णय गरेको थियो ।