काठमाण्डौ,९चैत । संसारको सबैभन्दा कम तौल र उचाई भएको शिक्षकका रुपमा ‘गिनिज बुक’मा नाम लेखाउन पहल थालेका अर्घाखाचीका कृष्णप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘लाई भेट गर्ेका छन् ।
आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले पौडेलको उपचार तथा गिनिज बुकमा नाम लेखाउन पहलका लागि सरकारको तर्फवाट सहयोग रहने वताए । साथै प्रधानमन्त्रीले पौडेलको जिविकोपार्जनका लागिसमेत सरकारले आवश्यक सहयोग गर्ने बताउनु भयो । पौडेलको विशेष क्षमता भएको र उनको योगदानको सरकारका तर्फवाट उचित सम्मान हुने प्रधानमन्त्रीले वताए।
अर्घाखाची जिल्लाको ठूलापोखरा २ रोहोटेपानी निवासी पौडेलले भगवती निमावि ठुलापोखरा २ रोटेपानीमा विद्यालय स्थापना गरी निरन्तर ४२ वर्षसम्म शिक्षण गरिसकेका छन् । शारिरिकरुपमा अशक्त भए पनि फरक क्षमता भएका पौडल हाल भोजन नली र अन्य शारिरिक समस्याले काठमाडौंमा उपचाररत छन् ।
१२ किलो तौल भएका पौडेल ६३ बर्षका छन् ।
22 March 2017 13:28 PM
प्रतिक्रिया दिनुहोस्