काठमाडौं, ११ चैत । युवातीको सहयोगमा व्यापारुस्लाइृ अपहरण गरी फिरौतीबापतको रकम लिएपछि प्रेमिकाको हत्यामा संलग्न रहेकालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरी बिहिबार सार्वजनिक गरेको छ ।
मखनगल्लीस्थित न्युडालिज साडी र साडी संसारका सञ्चालक श्यासुन्दर अग्रवाललाई अपहरण गर्न योजना बनाउने र आफ्नै प्रेमिकाको हत्या गर्ने अपहरणकारी तथा युवतीको हत्यामा संलग्न रहेको किशोर गिरी र सरोज घोरासैनीलाई महाशाखाले पक्राउ गरेको छ ।
उत्त घटनाका प्रमुख योजनाकार प्रकाश लामिछाने भने फरार छन् । सो साडी पसलमा काम गर्दै आएकी धादिङ धार्केकी राधिका श्रेष्ठले आफ्नै प्रेमी प्रकाश लामिछानेको योजनाअनुसार अग्रवालको अपहरण गर्ने योजना बनाएकी थिइन् । नेपाल समाचारपत्रमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्