काठमाण्डौ,११ चैत । नेकपा एमालेप्रति जनताको आकर्षण बढ्दै गएको छ । विभिन्त्र राजनीतिक दलमा बसेर राजनीति गर्दै आएका नेता तथा कार्यकर्ता समेत एमालेमा आ–आफ्नो पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्न थालेका छन् ।
यसैबीच दोलखा जिल्लाको जिरी नगरपालिकाका टंक जिरेल एमाले प्रवेश गरेका छन् । ३५ वर्षदेखि कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका जिरेल एमाले प्रवेश गरेको नेकपा एमाले दोलखा–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष गणेश सिवाकोटीले जानकारी दिए ।
३५ वर्षदेखि कांग्रेसमा रहेर काम गरे पनि पछिल्लो समर्य एमालेले बोकेका नीति, विचार र कार्यक्रमबाट प्रभावित भएर आफू प्रवेश गरेको जिरेलले जानकारी दिए ।
उनले एमालेको राष्ट्रियताको अभियान सबै नेपालीका लागि भएको भन्दै आगामी दिनमा जिरीलाई एमालेमय बनाउँन प्रवेश गरेको पनि जानकारी दिए । १३ गते एमालेले जिरीमा कार्यक्रम गर्दैछ । सो कार्यक्रममा कांग्रेसका सयौँलाई एमाले प्रवेश गराउने तयारी भएको छ ।
अध्यक्ष शिवाकोटीले जिरी कांग्रेसका अधिकांश एमाले प्रवेश गर्ने जानकारी दिए । उनलाई एमालेका महासचिव ईश्वर पोख्रेलले टिका र खादा लगाएर एमाले प्रवेश गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस्