विश्व

अफगानी सेनाको कारबाहीबाट २२ आइएस लडाकूको मृत्यु



जलालावाद अफगानिस्तान, १२ चैत । अफगानिस्तानमा सरकारी सेनाले चलाएको इश्लामिक स्टेट आइएस विरुद्धको शुक्रबार रातिकोे आक्रमणमा स्थानीय आइएस आवद्ध संगठनका दुई कमान्डर सहित कम्तिमा २२ जना आइएस लडाकूको मृत्यु भएको अफगान सेनाका नान्गाहर प्रान्तका प्रवक्ता जनाएका छन् ।

सेनाले आइएस समूहको आश्रयस्थललाई लक्षित गरी चालकरहित विमानद्वारा नाजिआन क्षेत्रमा आक्रमण गरेको र सो कारबाहीमा दुई कमान्डरसहित २२ विद्रोही लडाकूको मृत्यु भएको सेैनिक प्रवक्ता अतुल्लाह खोगेनीले बताउनुभयो ।
मृत्यु हुने कमान्डरहरूमा सिनो भनिने जाविहुल्लाह र डाज गुल रहेका सेनाले पुष्टि गरेको छ ।

घटनाबारे आइएसको आधिकारिक धारणा भने आइसकेको छैन ।

द्वन्द्वग्रस्त अफगानिस्तानमा अमेरिकी सेनाको नेतृत्वको गठवन्धन सेनाले विद्रोही विरूद्ध प्रायजसो हवाइ कारबाही सञ्चालन गर्ने गरेको छ ।

विगत दुई बर्षयता नान्गाहर प्रान्त र यसको राजधानी जलालावादमा आइएसले आफ्नो गतिविधिलाई बडाएपछि गठबन्धन सेनाको कारबाहीलाई पनि यस क्षेत्रमा केन्द्रित गराइएको छ । सिन्ह्वा