काठमाडौ,१३ चैत । सरकारले निर्वाचन घोषणा गरेको एक महिना वितिसकेको छ । तैपनि निर्वाचनको माहोलले देश तातेको छैन् । १९ वर्ष पछि हुन लागेको स्थानीय निकायको यो निर्वाचन पनि हुने होकि होइन, भन्ने आंशका अझै छ ।
खास गरी सत्तारुढ दल नेपाली कांग्रेसको स्पष्ट नीति नआएका कारण निर्वाचनले गति समाउन नसकेको हो । कांग्रेस सभापति शेरवहादुर देउवाको ढुलमुले नीतिका कारण निर्वाचनको वातावरण बन्न नसकिराखेको हो ।
कांग्रेसले निर्वाचन चाहेको होकि , होइन भन्ने स्पष्ट धारणा आउन सकेको छैन् । लामो समयपछि पटक–पटक सर्दै बस्न लागेको कांग्रेस केन्द्रिय समितिको बैठकले निर्वाचन सम्बन्धि स्पष्ट धारणा सार्वजनिक गर्ने छ भन्ने आम अपेक्षा छ ।
आजबाट शूरु हुन लागेको कांग्रेस केन्द्रिय समितिको बैठकमा सभापति देउवाले गरेका राजदूत लगायत विभिन्त्र नियुक्ति, प्रहरीको महानिरीक्षक नियुक्तिमा गरेको ठोडो हस्तक्षेपका विषयमा वरिष्ठ नेता रामचन्द् पौडेल समूह देउवामाथि आक्रमक रुपमा पेश हुने भएको छ । त्यसका लागि पौडेल समूहले यस अघि पटक–पटक बैठक बस्नका लागि पार्टी सभापतिलाई लिखितरुपमा नै पत्र दिएको थियो । केन्द्रिय समितिको बैठक राख्न देउवाले भने आलटाल गर्दै आएका थिए ।
त्यसैले पनि आजबाट शूरु भएको बैठकमा पौडेल समूह देउवामाथि निकै हावी हुने देखिन्छ । त्यसोत, सरकारले निर्वाचन घोषणा नगरुन्जेल निर्वाचनको मिति तोक्ने प्रधानमनत्रीलाई कांग्रेसका सभापति देउवाले दबाब दिदै आएका थिए । जब सरकारले निर्वाचनको घोषण ग¥यो,त्यसपछि निर्वाचनको वातावरण बनाउने काममा सत्तारुढ दल कांग्रेसको भूमिका शून्य रहँदै आएको छ ।
सरकारले घोषणा गरेको निर्वाचनको वातावरण बनाउने र त्यसको तयारीलाई तीव्रताका साथ अघि बढाउने काम सत्तारुढ दलकै पहिलो कर्तत्य हो । तर, सरकारमा सहभागी सबै भन्दा ठूलो दल कांग्रेस भने निर्वाचनको वातावरण बनाउनेमा लागेको देखिदैन् ।
कांग्रेसका सभापति देउवा निर्वाचन भन्दा पहिले संविधान सम्शोधन हुनुपर्छ भन्दै मधेसी मोर्चाले राख्दै आएको मागको पछिपछि लाग्दै आएका छन् ।
सबैलाई थाह छ, ठूलो पार्टी नेपाली कांग्रेस हो । ठूलो पार्टीको भूमिका राष्ट्रिय राजनीतिमा ठूलै हुनु पर्ने हो । मुलुकमा उत्पन्न संकटलाई निकास दिन कांग्रेसले भूमिका निर्वाह गर्नु पर्ने हो ।तर, कांग्रेसको भूमिका राष्ट्रिय राजनीतिलाई जटिलतातर्फ धकेल्नमा नै उद्धत भएको देखिदै आएको छ ।
अहिले आएर कांग्रेसको त्यसमा पनि सभापति देउवाको भूमिका निर्वाचन विथोल्ने खेलमा केन्द्रित हुन थालेको छ । जसरी पनि चुनाव हुनै नदिने खेलमा लागेका मधेसी मोर्चालाई देउवाले साथ र सहयोग दिदै आउनु भनेको प्रकान्तरले घोषित मितिमा चुनाव हुन नदिनु नै हो ।
यतिवेला कांग्रेससंग राष्ट्रिलाई निकास दिने आफ्नो पार्टीको कुनै मुद्दा छैन् । कांग्रेस मधेसी मोर्चाको एजेण्डामा लुरु–लुरु हिड्न थालेको छ । मोर्चाले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिइसकेको अवस्थामा मोर्चाको मागको कांग्रेस पछि लाग्नु भनेको घोषित मितिमा चुनाव नगर्ने खेल वाहेक अर्को के हुन सक्छ ?
सिगो देशलाई नै निर्वाचनको माहोलतर्फ लैजानु पर्ने जिम्मेवारी बोकेको सत्तारुढ दलका सभापति देउवा उल्टै पहिले संविधान संम्शोधनको गीत गाउँदै हिड्नु भनेको यो वा त्यो वाहनामा निर्वाचन विथोल्नु नै हो ।
निर्वाचन तर्फ अघि बढिसकेको मुलुकलाई एकाएक संम्शोधनको नाममा पछाडि फर्काउने खेलमा देउवा लागेका छन् । यसबीच देउवाले मधेसी मोर्चाका नेताहरुलाई भेटेर चुनाव भन्दा पहिले नै जसरी भए पनि संविधान सम्शोधन हुने र आफू त्यसका लागि क्रियाशील भएको वताइसकेको छन् ।
प्रतिक्रिया दिनुहोस्