वासिङ्टन संयुक्त राज्य अमेरिका, १३ चैत । अमेरिकाको ओहायो राज्यमा आइतबार बिहानै एक रात्रिक्लवमा गोली चल्दा कम्तिमा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै बताएकाछन् ।
सिनसिनटीस्थित उक्त रात्रिकालिनक्लवमा आइतबार बिहान करिव एक बजे गोली चलेको सिनसिनटी प्रहरी विभागका सर्जेन्ट एरिक फ्रान्जले अमेरिकी एविसी न्यूजलाई बताउनुभयो ।
फ्रान्जले घटनालाई ठूलो र जटिल आक्रमण भएको भनी टिप्पणी गर्नुभयो ।
यतिबेला घटनालाई देखेका धेरै जनासँग प्रहरीले कुराकानी तथा अनुसन्धान गरिरहेको छ तर कसैलाई प्रहरी हिरासतमा नलिएको प्रहरी सर्जेन्ट फ्रान्जले बताउनुभयो ।
सिनसिनटीका प्रहरी उपप्रमुखले यस घटनामा आतङ्कवादी समूहको सम्लग्नता रहेको कुनै सङ्केत नेभेटिएको बताउनुभयो । घटना कुन उद्देश्यले घटाइएको भन्ने विषय अझै छानविनको विषय रहेको छ ।
प्रहरीले रात्रिक्लवमा गोली चल्दा सयौँ मानिस घटनास्थलमा रहेको पुष्टी गरेको छ । सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्