काठमाडौं, १५ चैत । स्थानीय चुनावको वातावरण बन्दै गएपछि मधेसवादी दलहरुलाई पनि चुनावमा जान दवाव बढेको छ । चुनाव बाहिस्कार गर्ने घोषणा गर्दै आएका ती दलहरुले यतिखेर ‘सेफ ल्यान्डिङ’ खोज्दै चुनावको अन्तरिक तयारी सुरु गरेका छन् ।
मधेसी मोर्चाका नेताहरुले अहिले आन्दोलन भन्दा पनि सरकारसँगको वार्तालाई पहिलो प्राथामिकतामा राखेका छन् । आगामी चैत १६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौ फर्केको भोलिपल्ट प्रधानमन्त्रीसँग निर्णायक वार्ता हुने मोर्चाका नेताहरुले बताएका छन् ।
‘प्रधानमन्त्रीले चीनबाट फर्केको भोलिपल्टै सहमति गर्छु भनेका छन । अब उहाँसँग हाम्रो निर्णायक कुराकानी हुन्छ’ ,नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले भने ,संविधान संशोधन हुनुपर्छ भनी अडान राखेका छौ । संशोधन भएमा चुनावमा जान बाटो खुल्छ ।’
मोर्चाका नेताहरुले सीमाकंन थाती राखेर संविधान संशोधन भएमा त्यसलाई पनि स्वीकार गर्ने पक्षमा छन् । सीमाकंनलाई थाती राखेमा संविधानको धारा २७४ मा संशोधन हुनुपर्ने उनीहरुको सर्त छ । सीमाकंन थाती राखेर अन्य तीन विषयमा संविधान संशोधन गर्न प्रधानमन्त्री दाहाले नै प्रस्ताव राखेको मोर्चाका नेताहरुले बताएका छन् ।
‘सीमाकंनलाई रोकेर अन्य तीन विषयमा संविधान संशोधन गर्छु भनी प्रधानमन्त्रीले नै भनेका हुन। हामीले त्यसो भए एउटा विकल्प दिनुहोस् भनेका छौ’, झाले भने । नागरिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्