Banner News

वर्दिवासमा बसेको एमालेको २ नम्बर प्रदेश भेलाले नयाँ कार्यक्रम तय गर्ने



काठमाडौ, १६ चैत । एमालेले २ नम्बर प्रदेशको जनपरिचालन अभियान तयारीका लागि प्रदेश स्तरीय भेला गरेको छ । महोत्तरीको वर्दिवासमा बुधवार आयोजित भेलामा २ नम्बर प्रदेशका अगुवा कार्यकर्ताहरुको सहभागिता थियो ।भेलामा पार्टीका वरिष्ठ नेताहरुझलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, स्थायी समिति सदस्य तथा प्रदेश नम्बर २ का संयोजक सत्यनारायण मण्डल र २ नम्बर प्रदेशबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरुको सहभागिता छ ।

प्रदेश भेलाले गत फागुन २३ गते सप्तरीको राजविराजबाट स्थगित गरिएका प्रदेश स्तरका सभा गर्न नयाँ कार्यक्रम निर्धारण गर्नेछ । मेची–महाकाली अभियानका क्रममा तराई मधेसमा एमालेका कार्यक्रमहरुमा विशाल जनसहभागिता भए पनि मधेसी मोर्चाको ब्यानरमा भएका हिंसात्मक घटनाले ५ जनाको ज्यान गएको थियो ।