काठमाडौं, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन जानेक्रममा नै निम्त्याइदिएका कार्यबाहक को हुने भन्ने विवाद उनी फर्कने क्रममा झन सतहमा आएको छ ।ित्रभुवन विमानस्थलमा संचारकर्मीको क्यामरा सामुन्ने नै विवाद सार्वजनिक भएको हो । साताव्यापी चीन भ्रमण सकेर फर्केका प्रधानमन्त्रीलाई स्वागत गर्न मर्यादाक्रममा उभिदा यस्तो देखिएको हो ।
सभामुख ओनसारी घर्तिपछि उपप्रधानमन्त्री त्रय कमल थापा, विमलेन्द्र निधि र कृष्णबहादुर महरा लहरबद्ध थिए । निधीले थापासंगै नहरने निर्णय गर्दै महरालाई त्यसतर्फ आउन आग्रह गरे । अनि भयो ठाँउ सारी ।
‘महराजी तपाई वरिष्ठ ब्यक्ति यता बस्नुस’ निधिले ब्यंग्यात्मक शैलीमा भने । थापा भने शान्त हुँदै सभामुखको छेउमा अडिग रहे । महरापछि उभिएका प्रधानमन्त्रीका राजनीतिक सल्लाहार बलदेव खनालले पनि महरालाई थापाको छेउमा पठाए । निधिले पनि हातमा समाउँदै बस्न लगाए । यसपछि सभामुखपछि क्रमशः थापा, महरा र निधि लहरै भए ।
सबैभन्दा ठूलो दलको नेतृत्व गरेर सरकारमा गएका र कार्यबाहक समेत भइसकेको नाताले निधीलाई कार्यबाहक दिनुपर्ने कांग्रेस सभापति शेरबाहादुर देउवाको समेत अडानबाट समेत पछि हटै प्रचण्ड चीन गएका हुन ।
थापाको घुर्की र सरकार ढल्न सक्ने आशंकाले उनले विवाद सहतमा छोडेका हुन् । विवाद लुकाउन प्रचण्डले त्यसो गरे पनि बुधबार विमानस्थलमा संचारकर्मीमाझ नै यो ‘सतहमा’ आयो ।
प्रेस कक्षमा भएको पत्रकार सम्मेलनमा पनि प्रधानमन्त्रीसँग नीधि बसेनन् । प्रचण्डको दायातर्फ थापा बसे । प्रधानमन्त्रीको दाहिने कार्यबाहक प्रधानमन्त्री रहने चलन यसअघि थियो । घटनाक्रम नियालिरहेका एक अधिकारीले भने, ‘सुरुमा मर्यादाक्रमको विवाद प्रधानमन्त्रीलाई स्वागत गर्ने क्रममै देखियो । प्रेसकक्षमा त असन्तुष्टि नै देखियो ।’
मुलुकमा तीन उपप्रधानमन्त्री रहेकाले मर्यादाको समस्या आएको हो, जसले गर्दा कार्यवाहकको जिम्मेवारी नदिई प्रधानमन्त्री चीन गए ।
‘समस्या समाधान होइन, समस्याबाट भाग्ने प्रथाले मुलुक एक सातासम्म प्रधानमन्त्री विहीन रह्यो’, परराष्ट्र अधिकारीले भने, ‘अन्य मुलुकमा प्रधानमन्त्रीपछिको बरिष्ठता तोकिएको हुदा कार्यबाहक तोक्न आवश्यक हुदैन । हामीमा त्यो नतोकिदा कार्यबाहक दिएर राष्ट्रपतिले अनुमोदन गर्ने चलन हो ।’ कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्