काठमाडौं, १७ चैत । भेरी अञ्चल यातायात कार्यालयका तत्कालिन प्रमुख पवन सुवेदीले सेटिङमा १० हजारभन्दा बढी सवारी लाइसेन्स बिक्री गरेको खुलासा भएको छ ।
यातायात व्यवस्था विभागको टोलीले चैत ७ गते नेपालगन्जमा रहेको भेरी अञ्चल यातायात कागजात जफत गरेर छानबिन गर्दा उक्त तथ्य फेला परेको हो । २०७३ भदौ पछिको २६ हजार लिखित परीक्षाको फारम अध्ययन गर्दा१० हजारभन्दा धेरैलाई सेटिङमा लाइसेन्स दिएको पाइएको हो ।
विभागले छानबिन गरी सुवेदीलाई बुधबारदेखि लागू हुने गरी सचिवस्तरीय निर्णयबाट निलम्बन गरिएको छ । कार्यालय प्रमुख सुवेदीसहित शाखा अधिकृत, नौ नायब सुब्बा र दुई खरिदार गरी १४ जना कर्मचारीसमेत निष्काशनमा परेका छन् ।
कारोबारमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्