काठमाडौं,१७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्किए लगतै विभिन्न छलफल र बैठकहरुमा व्यस्त हुन थालेका छन् ।
आज प्रधानमन्त्री दाहालले निर्वाचन तयारी लगायतका विषयमा निर्वाचन आयुक्तहरुसँग छलफल गर्दै छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो चार बजे प्रधानमन्त्री दाहालले निर्वाचन आयुक्तहरुलाई छलफलका लागि बोलाएका छन् ।।
त्यस अघि आजै प्रधनमन्त्रीले धुम्बाराहीमा म्यानमारका शान्ति टोलीका सदस्यहरुसँग शान्ति प्रक्रियाको विषयमा अनुभव आदन प्रदान गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्