Banner News

सरकारमा जाने चर्को हल्ला चलिराखेको बेला गच्छदारले सरकारलाई दिएको समर्थन किन फिर्ता लिए ?



काठमाडौं, १७ चैत । प्रधानमन्त्री पुष्षकमल दाहाल चीन भ्रमणमा निस्कनु अघि सम्म विजय गच्छदार सरकारमा जाने हल्लाले व्यापकता पाएको थियो । तर, अकस्मात उनले सरकारलाई दिदै आएको समर्थन फिर्ता लिएपछि राजनीतिक वृत्तमा तंरग पैदा हुन थालेको छ । किन गच्छदारले समर्थन फिर्ता लिए भन्ने कुराले चर्चा पाउनब थालेको छ । ।

सो पार्टीका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानमन्त्री सहित सरकारमा सहभागि हुने हल्ला चलिरहेका बेला पार्टी कार्यालयमा दुई दिनसम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

उनले थरुहट मधेसको मुद्दा सम्बोधन गर्न नसकेको भन्दै सरकारलाई दिएको सममर्थन फिर्ता लिने निर्णय गरेको हो । ‘थारुहट र मधेसका मुद्दा सम्बोधन गर्नका निम्ति सरकारलाई सरमर्थन गरेको र त्यसमा सरकारले धोका दिएका’ले समर्थन फिर्ता लिएको सो पार्टीले जनाएको छ । साथै सरकारलाई दिइएको समर्थन फिर्ता लिए पनि स्थानीय तहको निर्वाचनमा भने भाग लिने सो पार्टीले निर्णय गरेको छ ।