भक्तपुर,१७ चैत्र । स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने लक्ष्यका साथ एमाले भक्तपुरले संगठनको आन्तरिक अभियानलाई जिल्लाभर तीव्र पारेको छ । भक्तपुरका सबै नगरपालिकामा जिल्ला कमिटीले तय गरेको कार्यतालिकाअनुसार एमालेले चुनावी अभियान अघि बढाएको हो ।
यसैक्रममा सूर्यविनायक नगरपालिकामा आगामी निर्वाचनलाई विशेष ध्यान दिई एमाले भक्तपुरले अभियानलाई तीव्र पारेको हो । जिल्ला कमिटीकाउप सचिव वासुदेव थापाकोसंयोजकत्मा ४१ सदस्यीय सगठन कमिटी निर्माणमा गरेको छ । जसको सह–संयोजकमा जुना बस्नेत ,सचिव श्रीराम व्यान्जु रहेका छन । सदस्यहरुमा अनिल श्रेष्ठ,राजन न्यौपाने,शिवराम राउत,शेरकाजी सुवाल,बटुकृष्ण न्यौपाने,संजय श्रेष्ठ,उमेश बस्नेत, हिरामयाँ शेर्पा, चण्डिका मिश्र,तेजकुष्ण श्रेष्ठ,मोहनकुष्ण श्रेष्ठ,तारा सापकोटा,धूर्वराज न्यौपाने,उत्तम थापा,ममता राउत,सुकुमान रम्तेल,लक्ष्मी कार्की,राममणी ढुगेल,प्रेमवहादुर कार्की,प्रेम वहादुर थापा, कविराम थापा,जुनमायाँ तामा«ङ,भाइकृष्ण श्रेष्ठ,रामकुमार कार्की,हरिहर घिमिरे, दिपक थापा,रामेश्वर ढुगेल।नातीबाबु केसी र दिनेश वस्नेत रहेका छन ।
प्रतिक्रिया दिनुहोस्