काठमाडौं,१७ चैत । पत्रकार बिके पाल्पाली ( विजय पोखरेल) को दुबै मृगौला फेल भएपछि आर्थिक सहयोगको याचना गर्नुभएको छ । पाल्पालीको धर्ममत्नी एवं पत्रकार रेणुका भट्टराईले बिहिवार पत्रकार सम्मेलन गरी आर्थिक सहयोगको याचना गर्नुभएको हो । अहिले पाल्पाली भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्र उचार गराइरहनु भएको छ ।
भट्टराईका अनुसार यसअघि २०७० असोज ५ गते उपचारका लागि उहाँलाई भारतको मेधान्त अस्पतालमा लगिएको र सो क्रममा औषधी सेवन गर्दा केही कमी भएको थियो । उपचारका क्रममा रोग कम भएपछि पाल्पाली पुनः काममा फर्केसँगै उहाँको मृगौला झनै कमजोर हुँदै गएको थियो ।
मेधान्त अस्पतालले तीन महिनाभित्र मृगौला फेर्नुपर्ने सल्लाह दिए पनि मृगौला दान दिने व्यक्तिको अभावमा मृगौला फेर्न नसकिएको भट्टराईले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो –‘ अहिले भने आर्थिक अभावले एउटा समस्या र मृगौला दान दिने व्यक्तिको अभावले आर्को समस्या थपिएकोे छ ।’ सरकारले मृगौला रोगीको डायलिस निःशुल्क हुने भनिए पनि अन्य शिर्षकमा धेरै खर्च लाग्ने भएकाले आर्थिक अभावमा उपचार गर्न गाह्रो भएको उहाँको भनाइ छ ।
अहिले पाल्पाली नेपाल बोर्डर साप्ताहिक पत्रिको सम्पादक रहँदै आउनुभएकोे छ । पाल्पाली र भट्टराई नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सदस्य रहनु भएको छ । पाल्पालीले विरामीकै क्रममा दुई वर्ष लगाएर धारणी नामक महाकाव्यसमेत प्रकाशित गरिसक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्