Banner News

शिक्षक महासंघका प्रतिनिधि मण्डललाई प्रधानमन्त्रीले भने–शिक्षा नियमावली पारित हुन्छ



काठमाडौं १८चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले शिक्षा ऐन २०७३ बमोजिम नयाँ शिक्षा नियमावली पारित गर्ने तयारी गरेको बताए ।आज बिहान बालुवाटारमा नेपाल शिक्षक महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले नयाँ संविधानले स्थानीय तहलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण अधिकार दिएकाले यसलाईसमेत व्यवस्थित गराउने गरी नयाँ शिक्षा ऐन अनुकूलको नियमावली जारी गर्ने तयारी भइरहेको बताए । प्रधानमन्त्रीले आवश्यक छलफल गरेर नियमावली पारित गर्ने प्रक्रिया अघि बढाइने जानकारी दिए ।

शिक्षक महासंघको प्रतिनिधि मण्डलले तत्काल शिक्षा नियमाबली पारित गर्नुपर्ने, द्वन्द्वमा निकालिएका शिक्षकको पुर्नबहाली गर्नुपर्ने लगायतका माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।