Banner News

निर्वाचनको वारेमा अब कुनै शंका नगर्न आग्रह गर्दै प्रमुख आयुक्तले सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए



 

काठमाडौं,१८ चैत्र । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुनेमा अब कुनै शंका नगर्न स आग्रह गरेका छन् ।

प्रमुख आयुक्तले आयोगले सुरु गरेको स्थानीय तह निर्वाचन २०७४ का लागि निर्वाचन र सुरक्षा विषयक २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त डायादवले उम्मेदवार र आम मतदातालाई हुन सक्ने सुरक्षा चुनौती र जोखिम पहिचाहन गरी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए ।

उनले निर्वाचनमा सुरक्षा निकायबाट कसैको पक्ष विपक्षमा नभइ निष्पक्ष, स्वतन्त्र र तटस्थ भएर कार्यम्पादन हुनेमा आयोग विश्वस्त रहेको बताए ।

आयुक्त सुधीर कुमार शाहले धेरैभन्दा धेरै मतदाता मतदानमा सहभागी हुन, कुनै डर, धाक र धम्कीबीना निर्भिकरुपमा मतदान गरेर घर फर्कन सक्ने वातावरण निर्माण गरी पेसागत दायित्व बहन गर्न सुरक्षाकर्मीलाई निर्देशन दिनुभयो । गृहमन्त्रालयका सहसचिव बालकृष्ण पन्थीले धेरै वर्षको अन्तरालमा हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागी र उम्मेदवार बढी हुने भएकाले सुरक्षाको विषय गम्भीर र विशेष महत्वको बनेको बताउनुभयो ।

२ दिनसम्म चल्ने प्रशिक्षणमा नेपाली सेनाका १५, नेपाल प्रहरीका २०, सशस्त्र प्रहरी बलका १५ र राष्ट्रिय अनुसन्धान विभागका छ जना अधिकृत सहभागी रहेका छन् ।